तेस्रो साधारणसभा सम्पन्न
चनमति बचत तथा ऋण सहकारी संस्था लि., सिरुटार, भक्तपुरले आप्mनो तेस्रो साधारणसभा २०६९ आश्विन २० गते कार्यालय परिसरमा सम्पन्न ग¥यो । नेफ्स्कुनका सदस्य श्री ऋषिराम घिमिरेको प्रमुख आतिथ्यमासहकारीका अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको अध्यक्षतामा तेस्रो साधारणसभा सम्पन्न भएको थियो । समाजका उपायक्ष्य श्री रमण कायस्थले स्वागत मन्तव्य राख्नु भएको थियो । समाजका तत्कालीन सचिव सनोदकुमार थापाबाट यस चनमति बचत तथा ऋण सहकारी संस्थाको आ.व.०६८÷६९ को गतिविधि तथा आगामी वर्षको कार्य योजना तेस्रो साधारणसभा समक्ष प्रस्तुत गर्नु भएको थियो । हालसम्म सहकारी सदस्य संख्या ३४६ जसमा १०५ महिला सदस्य, २३८ पुरुष सदस्य र ३ संस्थाहरु सदस्य पुगेको जानकारी गराउनु भएको थियो । शेयर सदस्यहरुलाई १० प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष अनिलकुमार श्रेष्ठले आ.व.२०६७÷०६८ को वितीय प्रगति विवरण तथा आ.व. २०६८÷०५९को अनुमानित वितिय विवरण प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिका तर्फबाट लेखा संयोजक दिलिप मिश्रले आन्तरिक लेखा परीक्षण प्रतिवेदन एवं लेखा परीक्षक श्री श्यामबहादुर खत्रीको तर्पmबाट समेत लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथि श्री ऋषिराम घिमिरे, डिभिजन सहकारी कार्यालय, भक्तपुरका प्रतिनिधि, स्थानीय ऋद्धिसिद्धि बचत तथा ऋण सहकारीका कोषाध्यक्ष श्री धु्रवराज विष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त साधारणसभामा जेष्ठ नागरिकहरु सूर्यमाया कायस्थ, शिवकृष्ण श्रेष्ठ, रामलाल कायस्थ, बेदबहादुर मिश्र, जगतबहादुर श्रेष्ठ र टिकाबहादुर थापालाई प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने असल बचतकर्ता श्री गणेश थापा र असल ऋणि सानुमाया लामालाई समेत दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो । उक्त साधारण सभाबाट अष्टबहादुर श्रेष्ठको अध्यक्षतामा उपाध्यक्षमा रमण कायस्थ, सचिवमा संजय श्रेष्ठ र कोषाध्यक्षमा अनिलकुमार श्रेष्ठ सहित सुश्री भगवती थापा, राजनीमैया श्रेष्ठ, श्रीमती दिलमाया श्रेष्ठ, राजिव सेढाई र विनोद केसी सहितको नयाँ कार्यसमिति समेत गठन भयो ।




















Comments
Post a Comment