Posts

१३ ‌औं साधारणसभाको प्रतिवेदन

Image
 

तेह्रौं साधारण सभा सम्पन्न

Image
           सूर्यविनायक नगरपालिका वडा नं.१ , सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रौं साधारण सभा अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथिको रुपमा सूर्यविनायक नगरपालिका वडा नं.१ का वडा अध्यक्ष श्री सानुकाजी कायस्थज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो ।           अतिथिको रुपमा चमेरो बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ई.भिमसेन श्रेष्ठ , पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष डा.श्री देवनारायण कार्की , जय गणपति बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री रमण कायस्थ , चमेली कल्याणी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री प्रमोद घिमिरे , सल्लाहकार तथा श्री सिरु बौद्धिक समाजका अध्यक्ष श्री विष्णुकाजी थापा , रेडक्रस सोसाइटी सिरुटार इकाईका सचिव श्री बलभद्र राउत , सिरुटार इङ्लिस स्कूलका निर्देशक श्री सरिता श्रेष्ठ तथा सिरु बौद्धिक समाजका सचिव तथा निर्वाचन संयोजक श्री सनोदकुमार थापाको उपस्थिति रहेको थियो ।           प्रमुख अतिथि कायस्थले साधारण सभा समुद्घाटन गर्नु भएको तेह्रौं साधारणसभाको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष संजय श्रेष्ठले रा

दशौं साधारण सभा सम्पन्न

Image
सूर्यविनायक नगरपालिका वडा नं.१ , सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.को दशौं साधारण सभा अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथिको रुपमा नार्कका पूर्व सदस्य एवं कृषि विज्ञ , संस्कृति तथा पर्यटन नागरिक उडड्यन पूर्व मन्त्री श्री आनन्द प्रसाद पोखरेलज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो ।           प्रमुख अतिथि पोखरेलले साधारण सभा समुद्घाटन गर्नु भएको दशौं महाधिवेशनको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष संजय श्रेष्ठले राख्नु भएको थियो । सचिव राजिव सेढाईले संस्थाको आ.व.०७५ ÷ ०७६ को वार्षिक प्रतिवेदन र गतिविधि तथा आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गर्नु भएको थियो । हाल सम्म शेयर सदस्य संख्या ७०० पुगेको जानकारी गराउनु हुँदै शेयर सदस्य महानुभावहरुलाई १५ प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कोषाध्यक्ष राजकुमार श्रेष्ठले आ.व. ०७५ ÷ ०७६ को वित्तिय प्रगति विवरण र आ.व.०७६ र ०७७५ को अनुमानित वित्तिय विवरण प्रस्तु गर्नु भएको थियो । यस आ.व.मा १ , ८० , ८० , ९४५।९० निक्षेप संकलन र १ , ७८ , ६१ , ५९३।

चनमतिको आठौ साधारणसभा सम्पन्न

Image
सूर्यविनायक नगरपालिका वडा नं.१ , सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.को आठौं साधारण सभा अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको सभापतित्वमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री राधेश्याम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथि सुवालले समुद्घाटन गर्नु भएको आठौं महाधिवेशनको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रमण कायष्थले राख्नु भएको थियो । सचिव संजय श्रेष्ठले संस्थाको आ.व. ०७३ / ०७४ को वार्षिक प्रतिवेदन र गतिविधि तथा आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गर्नु भएको थियो । हालसम्म शेयर सदस्य संख्या ५६२ पुगेको जानकारी गराउनु हुँदै शेयर सदस्य महानुभावहरुलाई १५ प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कोषाध्यक्ष राजकुमार श्रेष्ठले आ.व. ०७३ / ०७४ को वित्तिय प्रगति विवरण र आ.व.०७४ / ०७५ को अनुमानित वित्तिय विवरण प्रस्तु गर्नु भएको थियो । यस आ.व.मा १ , २० , ६२ , ८५५।०० निक्षेप संकलन र १ , २० , ९० , ३१४।०० ऋण प्रवाह गरे छ भने २६ , ९९ , १००।००  शेयर पुँजी पुगेको छ ।     अतिथिको तर्फबाट स्थानीय