तेह्रौं साधारण सभा सम्पन्न
सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रौं साधारण सभा अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथिको रुपमा सूर्यविनायक नगरपालिका वडा नं.१ का वडा अध्यक्ष श्री सानुकाजी कायस्थज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो ।
अतिथिको रुपमा चमेरो बचत तथा ऋण सहकारी संस्था
लि.का अध्यक्ष ई.भिमसेन श्रेष्ठ, पुष्पाञ्जली बचत
तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष डा.श्री देवनारायण कार्की,
जय गणपति बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री रमण कायस्थ,
चमेली कल्याणी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री प्रमोद घिमिरे,
सल्लाहकार तथा श्री सिरु बौद्धिक समाजका अध्यक्ष श्री विष्णुकाजी थापा,
रेडक्रस सोसाइटी सिरुटार इकाईका सचिव श्री बलभद्र राउत,
सिरुटार इङ्लिस स्कूलका निर्देशक श्री सरिता श्रेष्ठ तथा सिरु बौद्धिक
समाजका सचिव तथा निर्वाचन संयोजक श्री सनोदकुमार थापाको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि कायस्थले साधारण सभा समुद्घाटन
गर्नु भएको तेह्रौं साधारणसभाको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष संजय श्रेष्ठले
राख्नु भएको थियो । सचिव राजिव सेढाईले संस्थाको आ.व.०७८÷०७९ को वार्षिक
प्रतिवेदन र गतिविधि तथा आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गर्नु भएको
थियो । शेयर सदस्य महानुभावहरुलाई १३ प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा
गर्नु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कोषाध्यक्ष
राजकुमार श्रेष्ठले आ.व. ०७८÷०७९ को वित्तिय
प्रगति विवरण र आ.व.०७९ र ०८० को अनुमानित वित्तिय विवरण प्रस्तु गर्नु भएको थियो
। यस आ.व.मा २,१२,०५,८७८।४० निक्षेप
संकलन र २,१२,८२,५४९।०० ऋण प्रवाह
गरे छ भने ४०,१७,२००।०० शेयर पुँजी पुगेको जानकारी गराउनु भएको छ ।
अतिथिको तर्फबाट स्थानीय जय गणपति बचत तथा ऋण
सहकारी संस्था लि.का अध्यक्ष रमण कायस्थले साधारण सभा सफलताको कामना गर्नु हुँदै
दुई संस्था एक अर्काको सहयोगी भई स्थानीय समाजको विकास र स्थानीयवासीको जीवनस्तर
उकास्न लागी पर्नु पर्ने बताउनु हुँदै सहकारीको मूल्य र मान्यतालाई आत्मसात् गर्दै
संस्था सफलताको लागि शेयर सदस्य तथा संचालकको उत्तिकै भूमिका रहने बतााउनु भयो ।
त्यसै गरी स्थानीय चमेली कल्याणी बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष प्रमोद
घिमिरेले साधारणसभा सफलताको कामना गर्नु हुँदै सहकारीमा सबैको दायित्व समान रहने
बताउनु हुँदै सहकारीको सफलताको लागि सबैको भूमिका उल्लेखनीय रहने हुँदा संचालन र
शेयरसदस्यको उत्थानका लागि सक्रिय रहनु पर्ने बताउनु भयो ।
प्रमुख अतिथि कायस्थले चनमती बचत तथा ऋण सहकारी
संस्थाको तेह्रौं वार्षिक साधारणसभा सफलताको कामना गर्नु हुँदै सहकारी भनेको
स्थानीय स्तरमा कार्यरत भएपनि स्थानीय सर्वसाधारणको आर्थिक उत्थान हुनु नै राष्ट्र
विकासको ठूलो आधार हो भन्नु हुँदै स्थानीय विकासमा यसै संस्थाको भूमिका उल्लेखनीय
हुने बताउनु हुँदै विकास भनेको जनता, समुदाय गाउँटोल
हुँदै सिंगो मुलुकको नै विकास हुनुमा सहकारीको भूमिका उल्लेखनीय रहने बताउनु भयो ।
अन्तमा अध्यक्ष एवं कार्यक्रममा सभापति
अष्टबहादुर श्रेष्ठले अध्यक्षको प्रतिवेदन पेश गर्नु हुँदै संस्थाको उत्थानको लागि
सबै शेयर सदस्यलाई सक्रिय रहन आव्हान गर्नु हुँदै संचालक समितिका सदस्यहरुलाई
संस्थाको विकास र उन्नतीमा खेल्नु भएको भूमिकाको लागि धन्यवाद व्यक्त गर्नु हुँदै
सम्पूर्ण शेयर सदस्यहरु लगायत सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै प्रमुख अथिति, विशेष अतिथि लगायत
अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भयो ।
साथै दोस्रो सत्रमा निर्वाचन संयोजक श्री
सनोदकुमार थापाले नयाँ कार्य समितिको घोषण गर्नु भएको थियो । संस्थाको नयाँ कार्य
समिति र लेखा समिति निम्नानुसार निर्विरोध निर्वाचन भएको घोषणा गर्नु हुँदै सफल
कार्यकालको लागि शुभकामना समेत दिनु भएको थियो ।
अध्यक्ष श्री अष्ट बहादुर श्रेष्ठ,
उपाध्यक्ष श्री संजय श्रेष्ठ, सचिव श्री राजीव सेढाई,
कोषाध्यक्ष श्री राजकुमार श्रेष्ठ, सदस्यहरु श्री माधव
प्रसाद मिश्र, श्री ईश्वर बहादुर श्रेष्ठ,
सुश्री भगवती थापा, श्रीमती
नानुलक्ष्मी श्रेष्ठ र श्रीमती सीता श्रेष्ठ रहेका छन् । त्यसै गरी लेखा समितिमा
संयोजक श्री दिलिप मिश्र, सदस्यहरुमा श्री
संजय माडी श्रेष्ठ र श्रीमती रजनी मैया श्रेष्ठ रहेका छन् ।
नव नियुक्त कार्य समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथिले दोसल्ला र टिका लगाएर बधाई एवम् सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो ।





Comments
Post a Comment