चनमतिको आठौ साधारणसभा सम्पन्न


सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.को आठौं साधारण सभा अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको सभापतित्वमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री राधेश्याम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
प्रमुख अतिथि सुवालले समुद्घाटन गर्नु भएको आठौं महाधिवेशनको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रमण कायष्थले राख्नु भएको थियो । सचिव संजय श्रेष्ठले संस्थाको आ.व.०७३/०७४ को वार्षिक प्रतिवेदन र गतिविधि तथा आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गर्नु भएको थियो । हालसम्म शेयर सदस्य संख्या ५६२ पुगेको जानकारी गराउनु हुँदै शेयर सदस्य महानुभावहरुलाई १५ प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कोषाध्यक्ष राजकुमार श्रेष्ठले आ.व. ०७३/०७४ को वित्तिय प्रगति विवरण र आ.व.०७४/०७५ को अनुमानित वित्तिय विवरण प्रस्तु गर्नु भएको थियो । यस आ.व.मा १,२०,६२,८५५।०० निक्षेप संकलन र ,२०,९०,३१४।०० ऋण प्रवाह गरे छ भने २६,९९,१००।००  शेयर पुँजी पुगेको छ ।
  अतिथिको तर्फबाट स्थानीय ऋद्धिसिद्ध बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ध्रुवराज विष्टले साधारण सभा सफलताको कामना गर्नु हुँदै एउटै स्थान र समयमा स्थापित दुई संस्था एक अर्काको सहयोगी भई स्थानीय समाजको विकास र स्थानीयवासीको जीवनस्तर उकास्न लागी पर्नु पर्ने बताउनु हुँदै सहकारीको मूल्य र मान्यतालाई आत्मसात् गर्दै संस्था सफलताको लागि शेयर सदस्य तथा संचालकको उत्तिकै भूमिका रहने बतााउनु भयो । त्यसै गरी स्थानीय चमेरो बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष ई.भिमसेन श्रेष्ठले साधारणसभा सफलताको कामना गर्नु हुँदै सहकारीमा सबैको दायित्व समान रहने बताउँनु हुँदै सहकारीको सफलताको लागि सबैको भूमिका उल्लेखनीय रहने हुँदा संचालन र शेयरसदस्य संस्थाको उत्थानकालागि सक्रिय रहन प्रोत्साहन गर्नु हुँदै मूल उदेश्यको लागि संचालन पूर्ण वफादार रहनु पर्ने बताउनु भयो ।
सहकारीको आ.व.२०७३/०७४ को असल ऋणीको रुपमा श्री मित्र बहादुर खड्का र असल बचतकर्ताको रुपमा श्रीमती जानुका कटुवाल लागि सम्मान गर्नुका साथै संस्थापक कोषाध्यक्ष श्री अनिल कुमार श्रेष्ठ र संस्थापक संचालक समिति सदस्य श्री रविन्द्र श्रेष्ठलाई कदरस्वरुप सम्मान गरिएको थियो । त्यसै गरी समाजका जेष्ठ शेयर सदस्यहरु कृष्णभक्त बन्जाघासी, अम्बिका थापा, रामबहादुर थापा, पार्वती हुमागाई र पार्वती थापालाई प्रमुख अतिथि राधेश्याम सुवालले दोसल्ला ओढाएर दीर्घायु, सुस्वास्थ्य र सुखमय भविष्यको कामना सम्मान गर्नु भएको थियो ।
प्रमुख अतिथि सुवालले चनमती बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सफलताको कामना गर्नु हुँदै यस सहकारीलाई जिल्लाकै उदाहरणीय सहकारीको रुपमा विकास गर्न संचालक एवं शेयर सदस्य सबैलाई लागि पर्न सुझाव दिनु हुँदै शेयर सदस्यहरुको उत्थानका लागि विभिन्न कार्यक्रमहरु संचालन गरी सदस्यहरुको जीवनस्तर उकास्न भूमिका खेल्नु पर्ने बताउनु हुँदै संस्थालाई आवश्यक पर्ने परामर्श र सहयोग उपलव्ध गराउन प्रतिबद्धता समेत प्रकट गर्नु भएको थियो ।

अन्तमा अध्यक्ष एवं कार्यक्रममा सभापति अष्टबहादुर श्रेष्ठले संस्थाको उत्थानको लागि सबै शेयर सदस्यलाई सक्रिय रहन आव्हान गर्नु हुँदै संचालक समितिका सदस्यहरुलाई संस्थाको विकास र उन्नतीको लागि खेल्नु भएको भूमिकाको लागि धन्यवाद व्यक्त गर्नु हुँदै आजसम्म संस्थालाई यस अवस्थामा ल्याउन भूमिका खेल्नु हुने संस्थापक सदस्य लगायत सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । 



































Comments