Posts

Showing posts from October, 2019

दशौं साधारण सभा सम्पन्न

Image
सूर्यविनायक नगरपालिका वडा नं.१ , सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.को दशौं साधारण सभा अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथिको रुपमा नार्कका पूर्व सदस्य एवं कृषि विज्ञ , संस्कृति तथा पर्यटन नागरिक उडड्यन पूर्व मन्त्री श्री आनन्द प्रसाद पोखरेलज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो ।           प्रमुख अतिथि पोखरेलले साधारण सभा समुद्घाटन गर्नु भएको दशौं महाधिवेशनको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष संजय श्रेष्ठले राख्नु भएको थियो । सचिव राजिव सेढाईले संस्थाको आ.व.०७५ ÷ ०७६ को वार्षिक प्रतिवेदन र गतिविधि तथा आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गर्नु भएको थियो । हाल सम्म शेयर सदस्य संख्या ७०० पुगेको जानकारी गराउनु हुँदै शेयर सदस्य महानुभावहरुलाई १५ प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कोषाध्यक्ष राजकुमार श्रेष्ठले आ.व. ०७५ ÷ ०७६ को वित्तिय प्रगति विवरण र आ.व.०७६ र ०७७५ को अनुमानित वित्तिय विवरण प्रस्तु गर्नु भएको थियो । यस आ.व.मा १ , ८० , ८० , ९४५।९० निक्षेप संकलन र १ , ७८ , ६१ , ५९३।