दशौं साधारण सभा सम्पन्न
सूर्यविनायक
नगरपालिका वडा नं.१, सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था
लि.को दशौं साधारण सभा अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको सभापतित्वमा प्रमुख
अतिथिको रुपमा नार्कका पूर्व सदस्य एवं कृषि विज्ञ, संस्कृति तथा
पर्यटन नागरिक उडड्यन पूर्व मन्त्री श्री आनन्द प्रसाद पोखरेलज्यूको प्रमुख
आतिथ्यमा सुसम्पन्न भयो ।
प्रमुख अतिथि पोखरेलले साधारण सभा समुद्घाटन
गर्नु भएको दशौं महाधिवेशनको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष संजय श्रेष्ठले
राख्नु भएको थियो । सचिव राजिव सेढाईले संस्थाको आ.व.०७५÷०७६ को वार्षिक
प्रतिवेदन र गतिविधि तथा आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गर्नु भएको
थियो । हाल सम्म शेयर सदस्य संख्या ७०० पुगेको जानकारी गराउनु हुँदै शेयर सदस्य
महानुभावहरुलाई १५ प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो ।
संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कोषाध्यक्ष राजकुमार श्रेष्ठले
आ.व. ०७५÷०७६ को वित्तिय प्रगति विवरण र आ.व.०७६ र ०७७५ को
अनुमानित वित्तिय विवरण प्रस्तु गर्नु भएको थियो । यस आ.व.मा १,८०,८०,
९४५।९० निक्षेप संकलन र १,७८,६१,५९३।०० ऋण प्रवाह
गरे छ भने ३५,८३,५००।०० शेयर पुँजी पुगेको जानकारी गराउनु भएको छ ।
अतिथिको तर्फबाट स्थानीय ऋद्धिसिद्ध बचत तथा ऋण
सहकारी संस्था लि.का अध्यक्ष ध्रुवराज विष्टले साधारण सभा सफलताको कामना गर्नु
हुँदै एउटै स्थान र समयमा स्थापित दुई संस्था एक अर्काको सहयोगी भई स्थानीय समाजको
विकास र स्थानीयवासीको जीवनस्तर उकास्न लागी पर्नु पर्ने बताउनु हुँदै सहकारीको
मूल्य र मान्यतालाई आत्मसात् गर्दै संस्था सफलताको लागि शेयर सदस्य तथा संचालकको
उत्तिकै भूमिका रहने बतााउनु भयो । त्यसै गरी स्थानीय चमेरो बचत तथा ऋण सहकारी
संस्था लि. अध्यक्ष ई.भिमसेन श्रेष्ठले साधारणसभा सफलताको कामना गर्नु हुँदै
सहकारीमा सबैको दायित्व समान रहने बताउनु हुँदै सहकारीको सफलताको लागि सबैको
भूमिका उल्लेखनीय रहने हुँदा संचालन र शेयरसदस्यको उत्थानका लागि सक्रिय रहनु
पर्ने बताउनु भयो । त्यसै गरी जयगणपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री
रमण कायस्थले स्थानीय विकास, स्थानीय जनता र
शेयर सदस्यहरुको उत्थानको लागि हामी सबै स्थानीय सहकारीहरु आपसी समन्व गरी लाग्नु
पर्ने बताउनु हुँदै संस्थाको उन्नती प्रगति तथा आगामी दीपावली,
नेपाल सम्बत एवं छठको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसै गरी
विशेष अतिथिको रुपमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीका लेखा संयोजक श्री
बालमुकुन्द उपाध्ययले सहकारीले राष्ट्र निर्माणको क्षेत्रमा ठूलो भूमिका खेलिरहेको
बताउनु हुँदै समयानुकुल प्रविधिको विकास गर्दै लैजानु पर्ने र बैंकहरुले जस्तै
एटिएमहरु संचालनमा ल्याउनु पर्ने चुनौतिहरु आइपरेको बताउनु भयो ।
सहकारीको आ.व.२०७५ ÷०७६ को असल ऋणीको
रुपमा श्री नैन बहादुर खत्री र असल बचतकर्ताको रुपमा श्री दिपेन्द्र थापाक्षेत्री
र असल उद्यमीको रुपमा श्री दिपेन्द्र थापामगरलाई प्रमुख अतिथिले सम्मानपत्र प्रदान
गरी सम्मान गर्नु भएको थियो । त्यसै गरी समाजका जेष्ठ शेयर सदस्यहरु तुल्सीबहादुर
बोडेल श्रेष्ठ, कृष्णबहादुर तखाछे श्रेष्ठ र श्रीमती धनमाया
कायस्थलाई दोसल्ला ओढाएर प्रमुख अतिथि पोखरेलले दीर्घायु, सुस्वास्थ्य र
सुखमय भविष्यको कामना सम्मान गर्नु भएको थियो ।
प्रमुख अतिथि सुवालले चनमती बचत तथा ऋण सहकारी
संस्थाको दशौं वार्षिक साधारणसभा सफलताको कामना गर्नु हुँदै सहकारी भनेको स्थानीय
स्तरमा कार्यरत भएपनि स्थानीय सर्वसाधारणको आर्थिक उत्थान हुनु नै राष्ट्र विकासको
ठूलो आधार हो भन्नु हुँदै समृद्ध नेपालः सुखी नेपाल भन्ने नेपाल सरकारको नारा
उजागर गर्न यसै संस्थाको भूमिका उल्लेखनीय हुने बताउनु हुँदै विकास भनेको जनता,
समुदाय गाउँटोल हुँदै सिंगो मुलुकको नै विकास हुनुमा सहकारीको भूमिका
उल्लेखनीय रहने बताउनु भयो ।
अन्तमा अध्यक्ष एवं कार्यक्रममा सभापति
अष्टबहादुर श्रेष्ठले अध्यक्षको प्रतिवेदन पेश गर्नु हुँदै संस्थाको उत्थानको लागि
सबै शेयर सदस्यलाई सक्रिय रहन आव्हान गर्नु हुँदै संचालक समितिका सदस्यहरुलाई
संस्थाको विकास र उन्नतीमा खेल्नु भएको भूमिकाको लागि धन्यवाद व्यक्त गर्नु हुँदै
सम्पूर्ण शेयर सदस्यहरु लगायत सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै प्रमुख अथिति, विशेष अतिथि लगायत
अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भयो ।






























Comments
Post a Comment