चनमति बचत तथा ऋण सहकारीको चौथो साधारणसभा सम्पन्न
भक्तपुर
सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो चौथो साधारणसभा २०२७०
कार्तिक ९ गते शनिवार विहान स्थानीय सिरुटार इङ्गलिस स्कूल प्राङ्गणमा राष्ट्रिय सहकारी
बैंकका प्रबन्ध संचालक के बी उप्रेतीको प्रमुख आतिथ्यमा सहकारीका अध्यक्ष श्री
अष्टबहादुर श्रेष्ठको अध्यक्षतामा तेस्रो साधारणसभा सम्पन्न भयो ।
समाजका
उपायक्ष्य श्री रमण कायस्थले स्वागत मन्तव्य राख्नु भएको थियो । समाजका सचिव संजय श्रेष्ठबाट
सहकारी संस्थाको आ.व.०६९÷७० को गतिविधि तथा आगामी वर्षको कार्य योजना तेस्रो साधारणसभा
समक्ष प्रस्तुत गर्नु भएको थियो । हालसम्म सहकारी सदस्य संख्या ४२७ पुगेको जानकारी
गराउनु भएको थियो । शेयर सदस्यहरुलाई १० प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा
गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष अनिलकुमार श्रेष्ठले आ.व. ०६९÷७० को वितीय प्रगति
विवरण तथा आ.व. ०७०÷७१ को अनुमानित वितिय विवरण प्रस्तुत गर्नु भएको
थियो । लेखा सुपरिवेक्षण समितिका तर्फबाट लेखा संयोजक दिलिप मिश्रले आन्तरिक लेखा
परीक्षण प्रतिवेदन एवं लेखा परीक्षक श्री श्यामबहादुर खत्रीबाट लेखा परीक्षण
प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथि श्री के बी उप्रेती, डिभिजन सहकारी कार्यालय, भक्तपुरका प्रतिनिधि, स्थानीय ऋद्धिसिद्धि बचत तथा ऋण
सहकारीका कोषाध्यक्ष श्री ध्रुवराज विष्ट,
चमेली सहकारीका अध्यक्ष पुष्कर बुढाथोकी,
चमेरो सहकारीका सचिव उद्धव बास्कोटा, स्थानीय सिरु बौद्धिक समाजका अध्यक्ष
डा.देवनारायण कार्की
लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त साधारणसभाका विशेष
अतिथिका रुपमा सहभागी हुन भएका वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको
उपस्थिति एवं स्थानीय सिरुटार इङ्गलिस स्कूलका भाइबहिनीहरुको सांस्कृतिक
कार्यक्रमले साधारणसभाको रौनक बढेको थियो । वरिष्ठ हास्यव्यङ्ग्यकार मनोज गजुरेलले
समाजलाई नेताहरुले मुलुकलाई डुवाउँदै गर्दा आफूले व्यङ्ग्यका माध्यमबाट जनतालाई
जागृत गरेर डुब्नबाट बचाउने अग्रसरता रहेको बताउँदै सहकारीको माध्यमबाट तपाईहरु
गाउँमा बसेर भएपनि मुलुकको आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउनु भएकोमा धन्यवाद
सन्देश दिनु भएको थियो ।
उक्त समारोहमा गतवर्षको
प्रवेशिका परीक्षामा उत्तीर्ण शेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गर्नुका साथै
जेष्ठशेयर सदस्यहरुलाई पनि जेष्ठ नागरिकको रुपमा प्रमुख अतिथि के बी उप्रेतीले गर्नु
भएको थियो । उक्त समारोहमा चनमति बचत तथा ऋण सहकारीका सम्पूर्ण सदस्यहरुको तर्फबाट
दीर्धायु, सुस्वास्थ्य र सुखमय भविष्यको कामना गर्दै
सिरुटार गाविस भित्र बसोबास गर्ने सबैभन्दा जेष्ठ नागरिकको रुपमा पुरुषतर्फ ९४
वर्षका मच्छेबहादुर श्रेष्ठ र महिलातर्फ ८८ वर्षीय गंगा पोखरेल, सूर्यमाया श्रेष्ठ र जोगमाया श्रेष्ठलाई सम्मान
पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
राष्ट्रिय
सहकारी बैंकका प्रबन्ध संचालक के बी उप्रेतीले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै
सहकारीको उन्नती र प्रगतिप्रति अझ प्रगति र संघर्षको लगि अग्रसर हुन सुझाव दिनुका
साथै प्रगतिको पनि कामना गर्नु भएको थियो । अन्तमा अध्यक्ष एवं कार्यक्रमका सभापति
अष्टबहादुर श्रेष्ठले संस्थाको प्रगति विवरण, भावि योजना प्रस्तुत
गर्नुका साथै चौथो वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण
शेयर सदस्य, पदाधिकारी, सल्लाहकार एवं
कर्मचारीहरुलाई धन्यावाद दिनुका साथै दिपावली, नेपाल सम्बत एवं छट पर्वको
सबैलाई शुभकामना सहित समापन मन्तव्य दिनु भएको थियो ।
Comments
Post a Comment