चनमति बचत तथा ऋण सहकारी संस्थाको परिचय




-अध्यक्ष अष्टबहादुर श्रेष्ट

नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरको सिरुटार, दधिकोट र बालकोट गा.वि.स.हरूको क्षेत्रमा कार्य गर्ने गरी मिति २०६६/१०/१८ गते डिभिजन सहकारी कार्यालय, भक्तपुरमा विधिवत दर्ता भएको हो ।

यस सहकारी संस्थाको नाम वागमति, विष्णुमति जस्तै चनमति अर्थात यस गा.वि.सको पूर्वी सिमानामा अवस्थित ऐतिहासिक तीर्थस्थल चरखण्डीमा उत्तरबाहिनी नदीको रूपमा बग्दै गा.वि.स.को उत्तर्रतर्फको सिमाना हुँदै बग्ने चरखण्डी खोलाको नामबाट नामाकरण गरिएको यहाँलाई अवगत गराउँदछु । बृहत नेपाली शब्दकोषमा "चन" को अर्थ पवित्र, चन्चल, र कलंकरहीत भएको र "मति" को अर्थ निरन्तर रूपमा बगिरहने हुनाले यस संस्थाको नाम "चनमति" राखिएको हो।

हालसम्म यस सहकारी संस्थाका सदस्य संख्या १७५ रहेको छ । यस संस्थाको शेयर रकम रु.१३,७४,०००-तेह्रलाख चैहत्तर हजार) पुगेको छ । भविष्यमा रु.२०,००,०००-बीसलाख) पुर्याउने लक्ष्य राखिएको छ । यस संस्थाबाट ऋण परिचालनतर्फ रु.१०,८०,७००।--दसलाख असी हजार सातसय) छ भने असुली .रु. ९१,१९६।--एकान्नब्बे हजार एकसय छयान्नब्बे) रहेको छ ।

हाम्रा उद्देश्यहरूअनुरूप हामीले सबैसँग सहकार्य गरी यस क्षेत्रमा बसोबास गर्ने सम्पर्ूण्ा नागरिकहरूले सेवा प्राप्त गरुन् भन्ने भावनाले हामी लागी परेका छौं । यसरी हाम्रो उद्देश्य परिपूर्ति गर्न हामीले समस्या पनि देखेका छौं । त्यसको समाधान पनि सहज र सरल तरिकाले हामी निकाल्न तत्पर रहने छौ । समाज भित्रको अशिक्षा, बेरोजगार प्राविधिक ज्ञानको कमी शीप र साधनको प्रयोगमा रोकावट जस्ता कारणले गर्दा हामीले स्थानीय क्षेत्रमा उपलब्ध हुने शीप, साधन र श्रोतको परिचालनमा वढी सक्रियता देखाई सदस्यहरूको पीरमर्का बुझी सबैको हित हुने कार्य गर्न हामी प्रतिवद्धता ब्यक्त गदछौ ।

Comments

Popular posts from this blog

प्रारम्भिक साधारणसभा गतिविधि न‌.०२